Below Menu
Below Menu

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ? 

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ? 

काठमाडौं : मनकामना इन्जिनियरिङ हाइड्रोपावरको कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ आइतबार सूचीकृत गरेको हो ।

नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको ८० लाख कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा कम्पनीको सिम्बोल एमईएचएल रहेको छ ।

नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम ७४ रुपैयाँदेखि अधिकतम २२२ रुपैयाँसम्म तोकेको छ । कम्पनीको आईपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment

थप समाचार