Below Menu
Below Menu

सानिमा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सानिमा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं : सानिमा बैंकले साधारणसभा बोलाएको छ । लाभांश पारित गर्ने प्रस्ताव सहित बैंकले साधारणसभा बोलाएको हो । आइतबार। बसेको बैंकको सञ्चालक समितिको बैंठकले कात्तिक २ गते बैंकको १९ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सो सभा बिहिबार बिहान ११ बजे कुण्डलिनी ब्याङक्वेट दरबारमार्ग चण्डोल काठमाडौंमा । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा नोक्सानको हिसाब ताथ सोही अवधिको नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गर्ने छ । 

यसका साथै सञ्चालक समितिबाट प्रस्तावित ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि वितरण गर्न लागिएको ५.७ प्रतिशत नगद गरी कुल १४.७ लाभांश वितरण गर्ने स्वीकृति प्रदान गर्नेछ । सो सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले असोज २२ गते एकदिनका लाई शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार असोज २१ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र बैकले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

Advertisment

थप समाचार