Below Menu
Below Menu

माथिल्लो मैलुङ खोलाको आईपीओ असोज १८ गतेदेखि सर्वसाधारणमा जारी  

माथिल्लो मैलुङ खोलाको आईपीओ असोज १८ गतेदेखि सर्वसाधारणमा जारी  

काठमाडौं : माथिल्लो मैलुङखोला जलविद्युत कप्पनी लिमिटेडले असोज १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले हाल कायम रहेको जारी पूँजी एक अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १२ लाख ७५ हजार कित्ता शेयर बिक्री गरी बाँकी रहेको ९ हजार २०० कित्ता थप गरी सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।

जस अनुसार कम्पनीको १२ लाख ८४ हजार २०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
 

Advertisment

थप समाचार