काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ५ करोड रुपैयाँ बराबरको ९१ दिने र पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक १४ गते, ९१ दिन अवधिको ट्रेजरी पुस १७ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ चैत २० गते परिपक्क हुने छ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ९१ दिने र ६० करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment