Below Menu
Below Menu

सामुदायिक लघुवित्तले डाक्यो विशेष साधारण सभा, बिपिडब्लुसँगको मर्जर प्रस्ताव पारित गर्ने 

सामुदायिक लघुवित्तले डाक्यो विशेष साधारण सभा, बिपिडब्लुसँगको मर्जर प्रस्ताव पारित गर्ने 

काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। लघुवित्तले बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । 

उक्त सभा असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे हुनेछ। सभाले बिपिडब्लु लघुवित्तसँग मर्ज हुने र शेयर स्वाप रेशियो १ बराबर ०.८५३५ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी सभाले यी दुई कम्पनी मजर सम्बनधी अन्य हुने प्रक्रिया पुरा गर्ने, संस्था गाभिएपछि गठन हुने सञ्चालक समितिको कार्यकाल सम्बन्धमा, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

उक्त विशेष साधारण सभा प्रयोजनका लागि  संस्थाले असोज २१ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तको विशेष साधारण सभामा सहभागी हुन पाउनेछन् । 

Advertisment

थप समाचार