Below Menu
Below Menu

सानिमा माई हाइड्रोपावरले १०.५२ प्रतिशत लाभांश प्रस्तावसहित डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

सानिमा माई हाइड्रोपावरले १०.५२ प्रतिशत लाभांश प्रस्तावसहित डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बोनस र नगद गरी १०.५२६३ प्रतिशतलाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने तीस करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनसर शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले हुने आउने एक करोड ६२ लाख ५९ हजार १२५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते साधारण सभा बोलाएको छ । उक्त साधारणसभा प्रयोवजनका लागि कम्पनीले असोज २४ गते एक दिनका लागि शेयरधनी दर्ता किता –बुक क्लोज गर्ने भएको छ । जस अनुसार असोज २३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

उक्त सभाले जुम खोला जलविद्युत आयोजना (५६ मेगावाट) को प्रवद्र्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको शेयरमा अधिकतम १ अर्ब ५० करोडसम्म लगानी गर्ने, लगानीका लागि प्रवद्र्धक कम्पनी र सम्बन्धित पक्षहरुबीच सम्झौता गर्नेछ ।

यसका साथै जुम खोला जलविद्युत आयोजना (५६ मेगावाट) को बैंक कर्जा प्रयोजनका लागि प्रचलितक कानुनले तोकको सिमा भित्र रही संस्थागत जमानत दिने सम्बन्धमा, साधारणको स्वीकृतिका प्रस्ताव पेश गर्नेछ । 

Advertisment

थप समाचार