काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा अन्ततः बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन/परिमार्जन गर्दै शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोडबाट बढाएर १५ कराेड पुर्याएकाे हाे ।
त्यस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरेकाे छ।
चौतर्फीरुपमा भएको आलोचना थेग्न नसकेपछि राष्ट्र बैंकले बाध्य भएर सीमा बढाएकाे हाे ।
Advertisment