Below Menu
Below Menu

लक्ष्मी क्यापिटल र सनराईज क्यापिटल बीच एकीकरण

लक्ष्मी क्यापिटल र सनराईज क्यापिटल बीच एकीकरण

काठमाडौं : लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराईज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभिने भएको छ । दुबै कम्पनी बीच बिहीबार सम्झौता भएको छ । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराईज क्यापिटलको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटलको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड रहेको थियो । उक्त बैंक आसार २८ गतेबाट सनराईज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएको थियो । लक्ष्मी सन्राइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल र सन्राइज क्यापिटलबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा=छुट्टै रुपमा प्रवाह गरिरहेको थियो ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा एक आपसमा एकीकरण हुन लागेको हो ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ । अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

Advertisment