विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभातफेरी

काठमाडौं : विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा प्रभातफेरी गरिएको छ । नेपाल धितोपत्र बोर्डको सहकार्यमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा प्रभातफेरी गरिएको हो ।

Sponsored Advertisement

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वमा व्यानर तथा प्लेकार्डसहित भृकुटी मण्डपबाट बसन्तपुर दरबार स्क्वायरसम्म पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालसहित सम्पूर्ण ब्रोकर कम्पनीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

विश्व लगानी कर्ता सप्ताहको अवसरमा धितोपत्र ब्रोकर्स एसोसिएसनले सप्ताहव्यापी रुपमा कार्यक्रम गर्दै आएको छ । सोही क्रममा एसोसिएसनले सप्ताको छैटौं दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । `लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार´ भन्ने नारासहित यस पटक विश्व लगानी कर्ता सप्ताह मनाइँदै छ । 

त्यस्तै असोज २१ गते (भोली) दिउँसो ३ बजे साताव्यापी विश्व लगानीकर्ता सप्ताह २०२३ समापन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्य तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की तथा सिडिएस एण्ड क्लियरिंग लि.का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको आतिथ्यता रहने एशोसिएसनले जनाएको छ ।

 

थप समाचार