काठमाडौं : सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि असोज २२ गते अर्थात भोलि बुक क्लोजको मिति तोकेको छ । जस अनुसार आजसम्म कायम रहेका शेयरधनीले मात्र बैंकको लाभांश पाउने छन् ।
बैंकको वार्षिक साधारणसभा कात्तिक २ गते हुनेछ । सो सभा बिहिबार बिहान ११ बजे कुण्डलिनी ब्याङक्वेट दरबारमार्ग चण्डोल काठमाडौंमा हुनेछ । उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा नोक्सानको हिसाब ताथ सोही अवधिको नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गर्ने छ ।
यसका साथै सञ्चालक समितिबाट प्रस्तावित ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि वितरण गर्न लागिएको ५.७ प्रतिशत नगद गरी कुल १४.७ लाभांश वितरण गर्ने स्वीकृति प्रदान गर्नेछ । सो सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Advertisment