Below Menu
Below Menu

घलेम्दी हाइड्रोपावरलाई २०० प्रतिशत हकप्रद जारी गर्न सेबोनले दियो अनुमति 

घलेम्दी हाइड्रोपावरलाई २०० प्रतिशत हकप्रद जारी गर्न सेबोनले दियो अनुमति 

काठमाडौं : घलेम्दी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर २ को अनुपातमा हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो।

बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित रुपैयाँमा एक करोड १० लाख कित्ता हकप्रद जारी गर्नेछ । हाइड्रोको वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको थियो। आयोगबाट अनुमति पाएसँगै कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो।

 

Advertisment

थप समाचार