काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ४३ जिल्लामा सञ्चालन गरिएको सुपथ मूल्य पसल काठमाडौंमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा खाद्यले बजार निर्माताको भूमिका खेल्दै आएको बताए । जिडिपीमा निजी क्षेत्रको ठूलो महत्व रहेको बताउँदै उनले बजारलाई चालयमान बनाउन अर्थतन्त्रलाई दरिलो बनाउनमा निजी क्षेत्रको महत्वपूर्ण हुने दाबी गरे ।
बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, अस्वभाविक मूल्य वृद्धि, कृतिम अभाव गुणस्तरीयहिन सामानको बिक्री वितरणहरु देखा पर्ने हुँदा यस्तो अवस्थामा सरकारले हस्तक्षेप गरी उपभोग्य वस्तुको मूल्यमा एकरुपता ल्याउने र अखाद्य वस्तुको बिक्रीमा रोक लगाउने नीति अवलम्बन गर्ने गरेको बताए ।
चाडवाडको समयमा बजारमा विभिन्न उपभोग्य वस्तुहरुको खपत हुने बताउँदै उनले सोही समयमा कृतिम अभाव गर्न कालोबजारी गर्ने, मूल्य वृद्धि गर्ने, मिसावट गर्ने, म्याद सकिएका र लेवलिङ नभएका सामान बेच्ने तत्वहरु पनि सक्रिय हुने गरेको बताए ।
बजारमा व्यवसायिक क्रियाकलापलाई स्वच्छ , पारदर्शी र प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको अधिकार सुनिश्चत गर्न पनि सरकार प्रतिवद्ध रहेको उनले जनाए ।
कार्ययोजना बनाई बजार अनुगमनलाई तीव्रता दिएको बताउँदै उनले उपभोक्ताको हित विपरीत काम गर्ने जो कोहीमाथि पनि निर्मम भई कारबाही गर्न पछि नपर्ने जिकिर गरे ।
विगतका वर्षहरुमा जस्तै आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै बजारमा हुन सक्ने अवाञ्छित मूल्यलाइ नियन्त्रण गर्न यो पसलले सहयोग गर्ने मन्त्री रिजालले बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चाडपर्वमा मात्र नभई कृतिम अभावका समयमा यस्ता सहुलियत पसल सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जनताका आवश्यकतालाई ध्यानमा राखी बजारको अनियन्त्रित मूल्यबाट उपभोक्ता ठगिनबाट जोगाउन चाडपर्वमा मात्र नभई कृतिम अभावका समयमा यस्ता सहुलियत पसल सञ्चालन गर्न आवश्यक छ ।’
यसका साथै उनले दुर्गममा पनि सहुलियत पसल सेवा सञ्चालन गरी सहज आपूर्तिको सेवा उपलब्ध गराउन अनुरोध गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले चाडपर्वलाई लक्षित गररी सञ्चालन गरिएको सहुलिmयत पसलमा विभिन्न सामानहरूमा छुट रहेको जानकारी दिए ।
उनले भने, ‘राज्यले आफ्नो जनतालाइ सहुलियत दिनुपर्छ भनेर नै हामीले निरन्तर १० वर्षदेखि सहुलियत पसल सन्चालन गर्दै आएका छौं । खाद्यान्नको मूल्यमा केजी र लिटरमा साविकको मूल्यमा ७ रुपैयाँसम्म छुट दिएका छौं । कर्णालीको खाद्यान्नमा भने १० रुपैयाँसम्मको छुट रहेको छ ।
यसका साथै उनले खाद्यको उपलब्धता र दायरा विस्तारलाई ध्यानमा राखी आवश्यकता अन्ुसार अनलाइन डेलिभरिदेखी घुम्ती पसल समेत संचालन गर्ने तयारीमा रहेको बताए ।
उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट देशका ४९ आउटलेटहरुबाट र साल्ट ट्रेडिङ कर्पोरेशनबाट देशका विभिन्न जिल्लाका ३५ स्थानबाट र दुग्ध विकास संस्थानवाट समेत सुपथ मूल्यका पसल संचालन हुन गईरहको छ भने आवश्यक परेमा थप स्थानमा समेत विस्तार गरिने छ ।
उपत्यकामा जनताको सुविधाको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकका विक्री काउन्टरवाट विक्री वितरण हुनेछ भने साल्ट ट्रेडिङ कर्पोरेशनवाट कालिमाटी, सतुङगल, जडिवुटि कोटेश्वर सिहत ८ वटा पसल ३ वटा घुम्तिसेवाको माध्यमबाट बिक्री वितरण हुने जनाइएको छ ।
जनतालाई अझ बढि सुविधा दिन अनलाईन सेवाबाट समेत खाद्य वस्तुमा छुट दिई निशुल्क होम डेलिभरीको व्यवस्था मिलाएको उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाईन प्रोटलहरु ल्भउब िाययमक नयख.लउ, क्बकतयमभब.अयm, अनलाईन मार्फत निशुल्क होमडेलिभरी मार्फत बितरण गर्नेछ भने । भने जनतालाई वढि सुविधा पुर्याउन घुम्ती सेवा, अनकल साथै डिलर र शहकारीहरु मार्फत नैकाप, सतुङल, नारायणथान, भक्तपुरमा र बानेश्वरको फेमली मार्टबाट छुट सुविधाको विक्री वितरण गरिने छ ।
यस वर्षको दशैमा काठमाडौं उपत्यकामा मासुको मूल्य वृद्धि नहोस भन्नाको लागि मकवानपुर, दाङ र धादिङ जिल्लाका किसानहरुबाट २ हजार गोटा खसिबोका र रसुवा क्षेत्रवाट १ हजार गोटा च्याङग्रा खरिद गरि ल्याउने तयार पूरा भइसकेको ।
ती वस्तुहरु घटस्थापना सम्ममा काठमाडौँमा आईपुग्ने छ, घटस्थापनाको अर्को दिन देखि उचित मूल्यमा विक्री वितरण शुरु हुनेछ ।
सहुलियत मूल्य पसलमामा चामल, दाल, चिउरा, आटा, पिठोमा प्रति केजि ७ रुपैयाँ खाने तेलहरुमा प्रति लिटर ७ रुपैयाँ कर्णालीको सिमि र गेडागुडी दानामा प्रति केजि १० रुपैयाँ जिउँदो खसि बोका, च्याङग्रा प्रति केजि १० छुट दिई बिक्री गर्ने व्यवस्था मिलाईएको छ ।
दुर्गमा जिल्लाहरुमा खाद्यान्न अभाव हुन नदिन प्रयाप्तखाद्यान्न आपूर्तिको व्यवस्था मिलाईएको छ । सहुलियत मूल्यको पसल आजदेखि मंसिर ३ गतेसम्म संचालित हुनेछ ।
Advertisment