काठमाडौं : माथिल्लो मैलुङखोला जलविद्युत कप्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोजव १८ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा आज साँझ ५ बजेससम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजी एक अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।
जसमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ ।
त्यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १२ लाख ७५ हजार कित्ता शेयर बिक्री गरी बाँकी रहेको ९ हजार २०० कित्ता थप गरी सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । जस अनुसार कम्पनीको १२ लाख ८४ हजार २०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment