काठमाडौं : घलेम्दी हाइड्रोपावर कम्पनीले शेयरधनि दाखिला खारेज (बुक क्लोज) बन्द गर्ने मिति तय गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि कात्तिक ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार कात्ता २ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र हाइड्रोपावरको हकप्रदमा आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर २ को अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित रुपैयाँमा एक करोड १० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
हाइड्रोको वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने निर्णय गरेको थियो। आयोगबाट अनुमति पाएसँगै कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो।
Advertisment