काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा गर्ने प्रयोजनका लागि असोज २४ गते बुक क्लोजको मिति तय गरेको छ । जस अनुसार आजसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बोनस र नगद गरी १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते साधारण सभा बोलाएको छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने तीस करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनसर शेयर र कर प्रयोजनका लागि ०।५२६३ प्रतिशतका दरले हुने आउने एक करोड ६२ लाख ५९ हजार १२५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त सभाले जुम खोला जलविद्युत आयोजना (५६ मेगावाट) को प्रवद्र्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको शेयरमा अधिकतम १ अर्ब ५० करोडसम्म लगानी गर्ने, लगानीका लागि प्रवद्र्धक कम्पनी र सम्बन्धित पक्षहरुबीच सम्झौता गर्नेछ ।
यसका साथै जुम खोला जलविद्युत आयोजना (५६ मेगावाट) को बैंक कर्जा प्रयोजनका लागि प्रचलितक कानुनले तोकको सिमा भित्र रही संस्थागत जमानत दिने सम्बन्धमा, साधारणको स्वीकृतिका प्रस्ताव पेश गर्नेछ ।
Advertisment