काठमाडौं : कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरको ‘१० प्रतिशत केबिएल डिबेञ्चर २०९०’ ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता र व्यक्तिगत तवरबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने लागेको हो । ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। उक्त ऋणपत्र कात्तिक १२ गते बिक्रीमा रहनेछन भने ढिलोमा कात्तिक १६ गतेसम्म बिक्री खुला हुनेछ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मेरो शेयर र सि आस्वा मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment