काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको करिब चार करोड कित्ता शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले माण्डु हाइड्रोपावर कम्पनी र हाथवे इन्भेष्मेन्ट नेपाल लिमिटेडले सार्वसाधारणमा जारी गरेको तीन करोड ७० लाख ३६ हजार ३७० कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार माण्डु हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको एक करोड ३६ लाख ३६ हजार ३७० कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा कम्पनीको सिम्बोल एमएएनडियु (माण्डु) रहेको छ ।
नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम १२४ दशमदव ४२ रुपैयाँदेखि अधिकतम ३७३ दशमलव २६ रुपैयाँसम्म तोकेको छ ।
त्यसैगरी सर्वसाधारणमा जारी गरेको हाथवे इन्भेष्मेन्ट नेपालको २ करोड ३४ लाख कित्ता प्राथमिक शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको सिम्बोल एचएटिएचवाई (हाथवे) रहेको छ ।
नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम ९५ दशमलव ०९ रुपैयाँदेखि अधिकतम २८५ दशमलव २७ रुपैयाँसम्म तोकेको छ । यी दुई कम्पनीको आईपीओ बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment