काठमाडौं : सानिमा माई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बुधबार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य २९७ दशमलव २७ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३२७ रुपैयाँमा भएको थियो । नेप्सेले अघिल्लो दिनको कारोबारको आधारमा हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।
Advertisment