Below Menu
Below Menu

मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचीकृत, बिहिबारदेखि कारोबारमा आउने 

मिड सोलु र भगवती हाइड्रोपावरको आईपीओ सूचीकृत, बिहिबारदेखि कारोबारमा आउने 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई हाईड्रोपावर कम्पनीको करिब चार करोड कित्ता शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड ३६ लाख ४ हजार ६४७ कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको ७४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा कम्पनीको सिम्बोल (एमएसएचएल) रहेको छ । नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३००  रुपैयाँसम्म तोकेको छ ।

त्यसैगरी सर्वसाधारणमा जारी गरेको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५७ लाख २० हजार ६४७ कित्ता प्राथमिक शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको सिम्बोल एचएटिएचवाई (बीजीडब्लुटी) रहेको छ ।

नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम १२० दशमलव ४१ रुपैयाँदेखि अधिकतम ३६१ दशमलव २३ रुपैयाँसम्म तोकेको छ । यी दुई कम्पनीको आईपीओ बिहिबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
 

Advertisment

थप समाचार