काठमाडौं : विभिन्न पाँच कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्न नेपाल त्रितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।
कम्पनीहरुले सात अर्ब ३ करोड ७३ लाख ७ हजार ८ सय रुपैयाँ बराबरको ३ करोड २३ लाख ९३ हजार ७८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन् ।
बोर्डका अनुसार एसवाई प्यानल नेपाल लिमिटेड, जगदम्बा स्टिल, माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आइपीओ जारी गर्न अनुमति माग्दै लागि बोर्डमा आवेदन दिएका हुन् ।
एसवाई प्यानल नेपाल लिमिटेडले प्रतिशेयर अंकित मूल्यमा ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपौयँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न भएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँमा २०० सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३ सय रुपैयाँमा ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार माविलुङ इनर्जिले प्रतिशेयर १०० रुपैयाँमा १८ करोड ९० लाख ५३ हजार रुपौयँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ भने शेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
त्यस्तै, एपेक्स एपेक्स हस्पिटालिटी लिमिटेडले प्रतिशेयर अंकित मूल्यमा २४ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार याम्बालिङ्ग हाइड्रोपावरले प्रतिशेयर १०० रुपैयाँमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । हाइड्रोपावरको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डले अनुमति दिए पश्चात् कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् ।
Advertisment