सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने 

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको कुल ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

थप समाचार