अध्यागमन विभागका पर्यटक भिसा र एजेन्सी शाखा टिकाको दिन बाहेक खुला रहने 

अध्यागमन विभागका पर्यटक भिसा र एजेन्सी शाखा टिकाको दिन बाहेक खुला रहने 

काठमाडौं : दशैंको टिकाको दिनबाहेक अध्यागमन विभागमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खला रहने भएको छ । आइतबार विभागले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

दशैं तथा दीपावली पर्वको अवसरमा हुने सार्वजनिक बिदा अवधि मध्ये विभागको भिसा शाखा र एजेन्सी खुला रहने विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

विभागका अनुसार सार्वजनिक बिदामध्ये टिकाको दिन अर्थात ७ कात्तिकका दिन भने यी शाखा समेत बन्द रहनेछन् भने अन्य बिदाका दिनमा बिहान ११ बजेदेखि १ बजेसम्म सेवा प्रवाह हुने छ । 

यस्तै दिपावलीमा पनि भाइटिकाको दिन (२९ कात्तिक) दिनमा मात्रै पुरै कार्यालय बन्द हुनेछ भने अन्य दिनमा सार्वजनिक बिदामा पनि समेत ११ बजेबाट १ बजेसम्म यी शाखा खुलै रहने विभागले जनाएको छ ।


 

थप समाचार