Below Menu
Below Menu

सिद्धि खोला जलविद्युत आयोजनाका लागि करिब दुई अर्ब रुपैयाँ लगानी प्रस्ताव

सिद्धि खोला जलविद्युत आयोजनाका लागि करिब दुई अर्ब रुपैयाँ लगानी प्रस्ताव

काठमाडौं : सिद्धि खोला जलविद्युत आयोजनाका लागि करिब दुई अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । इलामको सुवर्णखाल गाउँपालिकामा वडा नं ५ मा बन्ने लागेको उक्त आयोजनाका लागि एक अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो ।

सिद्धि हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको उत्पादन १० मेषवाट रहेको छ । वार्षिक विद्युत उत्पादन क्षमता ५५.७१ गिगावाट रहेको छ । सुख्खायाममा ८.८० गिगावाट र वर्षयाममा ४६.९१ गिगावाट विद्युत उत्पादन हुनेछ । 

उक्त आयोजनाको शतप्रतिशत लगानी स्थानीयको रहने छ भने सो उद्योगमा २५ जनालाई रोजगारी प्रस्ताव गरिएको छ । 

उद्योग विभागका अनुसार असोजमा दर्ता भएका उद्योगमा जलविद्युत क्षेत्रमा सो रकम बराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा चार उद्योगका लागि द्धार अर्ब ७१ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ । 

असोजमा आएको लगानीमा बाराको सूर्य नेपाल भेन्चर्समा १० करोड रुपैयाँ, काठमाडौंमा निर्माण हुन लागेको डोल्मा होटल एण्ड रेष्टुरेन्टका लागि २ करोड रुपैयाँ र  झापामा बन्ने पूर्वाञ्चल क्यान्सर हस्पिटलका लागि २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । 

यस अवधिमा दर्ता भएका साना र ठूला उद्योगमा २२५ जनालाई रोजगारी प्रस्ताव गरिएको विभागको तथ्यांकमा उल्लेख छ । असोज महिनामा विदेशी लगानी भने शुन्य रहेको छ ।

पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीका कारण उद्योग क्षेत्रको लगानी घट्दै गएको छ । बढ्दो ब्याजदरका कारण उद्योगी व्यवसायीहरुले लगानी गर्न सकिरहेका छैनन् ।
 

Advertisment

थप समाचार