Below Menu
Below Menu

दिव्यश्वरी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने 

दिव्यश्वरी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने 

काठमाडौं : दिव्यश्वरी हाइड्रोपावर लिमिटेड हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर २ को अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ५२ करोड ८० लाख रुपैयाँ पुग्ने छ । यस अघि असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
 
प्रस्तावित २०० प्रतिशत हकप्रद शेयर विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारण सभाबाट पारित गरेपछि जारी हुनेछ । 


 

Advertisment

थप समाचार