मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछ आवेदन?

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछ आवेदन?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो ।

Sponsored Advertisement

कम्पनीले हाल कायम रहेको जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर जारी गर्न अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात्  एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो। 

कम्पनीको आईपीओमा लगानीकर्ताले कार्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

थप समाचार