काठमाडौं : प्रत्येक वर्षको अक्टोबर ३१ विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने गरिन्छ । यस वर्षको थिम ‘भोलिलाई जित्नुहोस्’ रहेको छ । यसको तात्पर्य बचतको माध्यमबाट भोलिमाथि विजय प्राप्त गर्नुहोस् वा भविष्य सुरक्षित पार्नुहोस् भन्ने हुन्छ ।
सन् १९२४ देखि हरेक वर्ष विश्वभर यो दिवस मनाउँदै आएको छ । इटालीको मिलान शहरमा आयोजित इन्टरनेशनल सेभिङ्स् बैंकको पहिलो भेलाले अक्टोबर ३१ मा यो दिवस मनाउने निर्णय गरेको थियो । भेलाको अन्तिम दिन इटालीयन प्राध्यापक फिलिपो राभिजाले विश्व बचत दिवस आयोजना गरिने घोषणा गरेका थिए ।
यस दिवसमार्फत भबिष्यका लागि बचत र सही वित्तीय निर्णयका फाइदाहरुबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ ।
Advertisment