काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड गरेको छ ।
आज विहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालयमा एफपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीकाे एफपीओ २ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०।४५ कित्ता सेयर पाएका छन् ।
कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निश्कासन गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर अनुपात मिलाउन एफपीओ निष्कासन गरेको हो ।
Advertisment