काठमाडौं : चिरख्वा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिहिबार आइतबार बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड को कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा ११ लाख ३१ हजार ९३६ आवेदकले १ करोड २१ लाख ३६ हजार ७६० कित्ताका शेयरका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये ८५ हजार ९३० आवेदकले १०/१० कित्ताको दरले शेयर पाएका छन् भने २ हजार ३८१ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्काशन गरेको थियो ।
Advertisment