Below Menu
Below Menu

एनएमबि बैंकले कमायो ९७ करोड नाफा, प्रतिशेयर आम्दानी कति?

एनएमबि बैंकले कमायो ९७ करोड नाफा, प्रतिशेयर आम्दानी कति?

काठमाडौं : एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको तुलनामा ६.६३ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँँ नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढेको हो ।

गत आवको सोही अवधिमा २ अर्ब ५ करोड ४२ लख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी असोज मसान्तसम्म आइपुग्दा ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी ६.०७ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म बैंकको सञ्चालन नाफा ६.९१ प्रतिशतले बढेर एक अर्ब ३७ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आवमा १.०९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.८४ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेको छ भने बैंकको वितरणयोग्य नाफा एक अर्ब ८ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार