Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, प्रतिसेयर वितरणयोग्य मुनाफा कति?

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, प्रतिसेयर वितरणयोग्य मुनाफा कति?

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा ३.०४ प्रतिशतले बढेर १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४ करोडले बढी हो । उक्त अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्याज आम्दानी, ब्याज खर्च र खुद शुल्क तथा कसिसन आम्दानी बढेपनि बैंकको खराव कर्जा करिब १०८ प्रतिशतले बढेकाले बैंकको नाफा उल्लेखिय रुपमा नबढेको हो। गत वर्षको पहिलो क्वाटरमा बैंकको खराव कर्जा २.१० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ४.३८ प्रतिशत पुगेको छ। जसले गर्दा बैंकको लोन लस प्रोभिजनिङ बढेको छ।

गत आर्थिक वर्ष बैंकले यस शिर्षकमा ७२ करोड ८६ लाख रुपैयाँ छुट्याएकोमा यस वर्षको पहिलो त्रैमासमा १ अर्ब ७८ करोड रुपैयाँ खर्च बुक गरेको छ। यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो। यस अवधिमा बैंकको संचालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपैयाँले बढेको छ। गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड संचालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ। 

यस अवधिमा बैंकले ५२ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ। बैंकको कष्ट अफ फण्ड ८.१७ प्रतिशत छ। पहिलो त्रैमासमा बैंकको आधार दर १०.०७ प्रतिशत छ। त्यस्तै बैंकको स्प्रेड दर ४.३४ प्रतिशत छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।

Advertisment

थप समाचार