Below Menu
Below Menu

१३२ प्रतिशतले बढ्यो एनआइसी एसियाको खराब कर्जा, अन्य सूचक कस्ता छन्?

१३२ प्रतिशतले बढ्यो एनआइसी एसियाको खराब कर्जा, अन्य सूचक कस्ता छन्?

काठमाडौं : एनआइसी एसिया बैंकको खराब कर्जा  १३२ प्रतिशतले बढ्दा नाफा ४३ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा करिब ७४ करोड रुपैयाँले घटेको छ। गत वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा करिब १ अर्ब १ करोड मात्रै खुद नाफा गरेको छ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा ०.७८ प्रतिशत विन्दुले बढेर १.३७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले लोन लस प्रोभिजनिङको रुपमा ६४ करोड लाख रुपैयाँ खर्च बुक गरेको थियो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १२ करोड ७८ लाख रुपैयाँ खराब कर्जा असुली गरेको थियो । 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ अर्ब ९५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १६ करोड रुपैयाँ मात्रै गर्न सफल भएको छ । बैंकको ब्याज आम्दानीको तुलनामा ब्याज खर्च गत वर्षको तुलनामा बढेकाले खुद ब्याज आम्दानी पनि घटेको छ।

गत आर्थिक वर्ष बैंकले ब्याज खर्च बापत ६ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष बैंकले खुद ब्याज आम्दानीबाट ३ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्ष ब्याज खर्च बढेकाले २ अर्ब ७६ करोड रुपैयाँ मात्रै गर्न सफल भएको छ। 

खुद शुल्क तथा कमिसन आम्दानी भने गत वर्षको तुलनामा करिब १५ करोड रुपैयाँले बढेको छ। गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा ब्याज आम्दानीबाट ५७ करोड २९ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा ७३ करोड आम्दानी गरेको छ। 

बैंकको अन्य ट्रेडिङ आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले  ट्रेडिङबाट १५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ७४ लाख रुपैयाँ मात्रै गरेको छ। यस अवधिमा बैंकको संचालन नाफा ९८ करोड रुपैयाँ अर्थात करिब ६१ प्रतिशतले घटेको छ।

बैंकको सीडी अनुपात ८०.८९ प्रतिशत रहेको छ। बैंकको स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ। 

 

Advertisment

थप समाचार