Below Menu
Below Menu

माण्डु हाइड्रोपावर कम्पनीले १० प्रतिशत नगद लाभांश दिने, डाक्यो साधारणसभा 

माण्डु हाइड्रोपावर कम्पनीले १० प्रतिशत नगद लाभांश दिने, डाक्यो साधारणसभा 

काठमाडौं : माण्डु हाइड्रोपावर कम्पनीले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको कुल १० प्रतिशतका दरले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ बराबरको कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश पारित गर्न हाइड्रोपावरले मंसिर १५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा छाँया सेन्टर, ठमेल, काठमाडौंमा बिहान १० बजे हुनेछ । सो सभाले लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर ३ गतेसम्म कायम भएका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

Advertisment

थप समाचार