काठमाडौं : चालु आर्थिक वर्षको तीन महिनामा ७ वाणिज्य बैंक ‘अर्ब क्लब’मा प्रवेश गरेका छन् । हाल २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ बैंकको नाफामा वृद्धि भएको छ भने २ वटाकोमा गिरावट आएको छ ।
अर्ब क्लबमा प्रवेश गर्ने बैंकहरुमा प्राइम, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, प्रभु, नबिल र एनआईसी एशिया बैंक रहेका छन् ।
बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नबिल र एनआईसी एशिया बैंकको नाफामा गिरावट आएको छ भने प्राइम, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र प्रभु बैंकको नाफामा वृद्धि भएको छ ।
कुन बैंकको नाफा कति?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : १ अर्ब ५२ करोड
नबिल बैंक : १ अर्ब ४६ करोड ९३ लाख
प्रभु बैंक : १ अर्ब ३४ करोड
ग्लोबल आइएमई बैंक : १ अर्ब २२ करोड
प्राइम बैंक : १ अर्ब १५ करोड
हिमालयन बैंक : १ अर्ब ५ करोड
एनआईसी एशिया बैंक : १ अर्ब १ करोड
Advertisment