Below Menu
Below Menu

किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?

किन भयो हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन?

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको आईपीओ स्थगन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको थियो ।

आईपीओ स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीओमा मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ ।

तिहारको बिदा परेका कारण धेरै बिदा हुने भन्दै लगानीकर्ताको सहजताका लागि आईपीओ निष्कासन स्थगत गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको छ ।

Advertisment

थप समाचार