Below Menu
Below Menu

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सकिने

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक १६ गतेसम्म सर्वसाधारणका लागि बिक्रीमा आएको कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिने सकिने छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) बिक्री खुला गरेको हो । 

माछापुच्छे –२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि कूल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

Advertisment

थप समाचार