काठमाडौं : बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले शेयरधनीहरुलाई १४ .७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १४.७० प्रतिशतका दरले हुन आउने ७२ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको कर सहितको नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश पारत गर्न कम्पनीले मंसिर २२ गते साधारणसभा बोलाएको छ । सो सभा विफिनको कार्यालय नयाँ बानेश्वरमा दिउँसो ३ बजे हुनेछ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त सभाले प्रस्तावित लाभांश पारित लगायत वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षक नियुक्ती गर्ने र कम्पनीको सञ्चालक समितिमा संस्थापक समुहबाट ५ जना सञ्चालकको मनोनयन निर्वाचन गर्ने छ ।
Advertisment