काठमाडौं : एनएमबि बैंक लिमिटेडले जाजरकोटका भुकम्प पिडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।
कर्णाली प्रदेशको जाजरकोट केन्द्र विन्दु भई बैंकले कात्तिक १७ गते शुक्रबार राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।
Advertisment