काठमाडौं : दुई कम्पनीले दुई लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंक र लुम्बिनी विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको दुई लाख २ हजार ७७ कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक हजार ४३८ कित्ता र लुम्बिनी विकास बैंकले २ लाख ६३९ कित्ता शेयर संस्थापक शेयर विद्यमान शेयरधनीहरुका लागि बिक्रीमा ल्याएका थिए । बैंकको शेयर खरिदका लागि ३५ दिने सूचना जारी गर्दा पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि बैंकहरुले सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याएका हुन् ।
कुमारी बैंको शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंक शेयर रजिष्ट्रार कुमारी क्यापिटल र बैंकको प्रधान कार्यालय टंगालमा आवेदन पेश गर्नुपर्ने छ । त्यस्तै लुम्बिनी विकास बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय डिल्ली बजारमा पेश गर्नुपर्ने छ
Advertisment