काठमाडौं : विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ।
आयोगको कात्तिक १९ गते बसेको बैठकले यी दुबै कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। राप्ती हाइड्रोले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ बराबर १ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता शेयर निष्काशन गर्नेछ। राप्ती हाइड्रो ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनाको प्रर्बद्धक समेत रहेको छ ।
त्यसैगरी, १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको प्रर्बद्धक दोर्दी खोला जलविद्युत कम्पनीले हाल कायम चुक्ता पूँर्जी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशतका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर निष्काशन गर्नेछ। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात यी कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्नेछन्।
Advertisment