काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २ करोड ९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
गत आवको सोही अवधिसम्ममा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा विद्युत उत्पादन गरी बिक्री गर्न नसक्दा कम्पनी घाटामा गएको हो ।
गत वर्ष विद्युत् बिक्रीबाट ३ करोड २४ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस अवधिमा वर्ष विद्युत् उत्पादन गर्न नसक्दा नोक्सानीमा गएको हो ।
यस अवधिमा कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गते गएको बाढीले पूर्ण क्षति पुर्याएका कारण विद्युत उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ ।
Advertisment