काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ता शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले सार्वसाधारणमा जारी गरेको एक करोड कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको एक करोड कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेमा कम्पनीको सिम्बोल (एमएमकेजेएल) रहेको छ । नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम ९६ दशमलव १४ रुपैयाँदेखि अधिकतम २८८ दशमलव ४२ रुपैयाँसम्म तोकेको छ । कम्पनीको आईपीओ छठपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment