Below Menu
Below Menu

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनरमा आइएमई पे

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" र  Nepal Sports & Events Management (NSEM) बीच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखि हुने बहुप्रतिक्षित "नेपाल सुपर लिग २०२३ "को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे  रहने भएको छ ।

नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले  फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने  आइएमई पे को विश्वास रहेको छ ।

यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्।

‘नेपाली फुटबल विकासमा सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु । ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित छौं’, उनले भने ।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। NSEM र आइएमई पे बिचको यो साझेदारी ले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो  मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।

Advertisment

थप समाचार