Below Menu
Below Menu

चिलिमे हाइड्रोपावरको प्रतिशेयर आम्दानी घट्यो 

चिलिमे हाइड्रोपावरको प्रतिशेयर आम्दानी घट्यो 

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले २० करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ०.४२ प्रतिशतले बढी हो । जबकी गत आवको असोज मसान्तसम्म कम्पनीले २० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ३४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिको तुलनामा सामान्य घटेको  छ । गत आवको असोज मसान्तसम्म विद्युत बिक्री मार्फत ३५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवको यस अवधिमा यस्तो आम्दानी ३.६६ प्रतिशतले घटेको हो । 

गत आवको तुलनामा असोज मसान्तसम्म आइपुग्दा नेपाल विद्युत प्राधिकरणबाट कन्ट्रयाक्ट इनर्जिको अतिरिक्त कम इनर्जि माग भएकोले विद्युत बिक्री पनि प्रभाव परेका कारण आम्दानी घटेको कम्पनीले जनाएको छ ।

असोज मसान्तसम्म आइपुग्दा विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ । तर, चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी भने घटेको छ । 

नाफा बढेपनि समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी घटेर ११ रुपैयाँ ५० पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १४८.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.४४ गुणा र प्रतिशेयर कु्ल सम्पत्तिको मूल्य १२३.४५ रुपैयाँ रहेको छ । 
 

Advertisment

थप समाचार