दुई कम्पनीको एक करोड कित्ताबढी हकप्रद सूचीकृत

दुई कम्पनीको एक करोड कित्ताबढी हकप्रद सूचीकृत
Sponsored Advertisement
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको एक करोड कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ। शुक्रबार नेप्सेले अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्स कम्पनीको एक करोड ८१ लाख १५ हजार १७३ कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार अपि पावरको ४० प्रतिशत अर्थात् एक करोड ६५ लाख ३३ हजार १७३ कित्ता शेयर सूचिकृत भएको छ। त्यसैगरी मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सूचीकृत भएको नेप्सेले जनाएको छ।
थप समाचार