काठमाडौं : नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अर्थ समितिले निर्देशन दिएको छ ।
शुक्रबार बेलुका बसेको समिती बैठकले बोर्डलाई निर्देशन दिएसँगै अब तिहार लगत्तै लाइसेन्स प्रक्रिया अघि बढ्ने सम्भावना बढेको छ। सर्बोच्च अदालतको संबैधानिक इजलासले यसअघि नै लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
केही समय अघि मन्त्री परिषद्को बैठकबाट लाइसेन्स प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । प्रधानमन्त्रीले निर्देशन अनुसार प्रक्रिया नै रोकेर बसेको थियो । संसदीय समितिले लाइसेन्सको बाटो खोलिदिएपछि अब भने सरकारमाथि पनि दवाब बढेको छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टकले आवेदन दिएका छन् ।
Advertisment