Below Menu
Below Menu

हाथवे इन्भेष्टमेन्टको नाफामा छलाङ

हाथवे इन्भेष्टमेन्टको नाफामा छलाङ

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १५ सय ५८ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ९ लाख ५४ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । 

कम्पनीको सञ्चालन आम्दानी घटेपनि नाफा भने बढेको हो। कम्पनीको सञ्चालन आम्दानी ४ करोड ८० लाखबाट घटेर २ करोड १९ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीले विभिन्न शीर्षकमा खर्च कटौती गरेर नाफामा उल्लेख्य सुधार गरेको हो । १ अर्ब १७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७० करोड ७५ लाख ९१ हजार रुपैयाँ छ । २ रुपैयाँ ७० पैसा प्रतिसेयर आम्दानी रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा छ।

Advertisment

थप समाचार