Below Menu
Below Menu

शिखर इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

शिखर इन्स्योरेन्सले कमायो ११ करोड बढी नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार  कम्पनीले यस अवधिमा ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले बढी हो । जबकी गत आवको पहिलो त्रैमाससम्म इन्स्योरेन्सले ११ करोड नौं लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा सामान्य बढेको हो ।

असोज मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसँगै खुद नाफा बढ्न पुगेको हो । गत आवको सोही अवधिमा २३ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा २७ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २०.६४ प्रतिशतले बढी हो । 

त्यस्तै यस अवधिमा इन्स्योरेन्सको कमिशन आम्दानी र लगानी तथा कर्जाबाट आम्दानी भने घटेको छ । कम्पनीको कमिशन आम्दानी ४.९८ प्रतिशत र लगानी तथा कर्जाबाट हुने  आम्दानी ३.७६ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म इन्स्योरेन्सको कुल आम्दानी ९.०५ प्रतिशत र कुल खर्च १३.८९ प्रतिशतले बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको सोही अवधिमा १६ रुपैयाँ ७१ पैसा रहेको इन्स्योरेन्सको प्रतिशेयर आँदानी समीक्षा अवधिमा २३ पैसा बढेर १६ रुपैयाँ ९४ पैसा पुगेको छ । यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ ।
 

Advertisment

थप समाचार