Below Menu
Below Menu

ग्लोबल आईएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

ग्लोबल आईएमई बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : ग्लोबल आईएमई बैंकले शेयरधनी किताब खाता (बुक क्लोज) को मिति तोकेको छ । बैंकले साधारणसभा प्रयोजनार्थ मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । जस अनुसार मंसिर १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकले वितरण गर्न लागेको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् । 

कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मंसिर २८ गते बिहिबार बैंकको सत्रौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेका छन् । उक्त सभा सो दिन बिहान नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुनेछ ।

सो सभाले बैंकले घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल ९ प्रतिशत लाभांश घोषणा छ । 

 

Advertisment

थप समाचार