Below Menu
Below Menu

सोमबार २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 

सोमबार २३ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २३ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने र ८ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । यसका साथै बैंकले चार अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण र तीन अर्व रुपैयाँ बराबरको नयाँ गरी ९१ दिन अवधिका लागि सात अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी पुस ३ गते ९१ दिन अवधिको ट्रेजरी फागुन ८ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ जेठ ८ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । यसअघि बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार