Below Menu
Below Menu

नेपाल एसबीआई बैंकद्वारा लाभांश प्रस्ताव  

नेपाल एसबीआई बैंकद्वारा लाभांश प्रस्ताव  

काठमाडौं : नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

गत शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.८० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
 

Advertisment

थप समाचार